काठमाडौं । भदौ १० गते तीजको अवसरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।
मंगलबार कामनपा–१५ अन्नपूर्ण चोक नजिकै जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा श्यामकृष्ण महर्जन, पूर्णबहादुर थापा, राजेश महर्जन, प्रदीप पाण्डे, अमर महर्जन, गोपाल तण्डुकार, खेमबहादुर थापा, सानुकाजी महर्जन र राजु नापित रहेका छन् ।
उनीहरुको साथबाट २ लाख २१ हजार १ सय ४५ रुपैयाँ नगद र १० बुक तास समेत बरामद भएको छ ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया