कर्मचारीका लागि कुन बैंकले कति छुट्याए बोनस ? नबिल पहिलो स्थानमा [इन्फोग्राफिक्ससहित]

लोकपथ
707
Shares

काठमाडौं । हाल कायम रहेका २० वटा वाणिज्य बैंकहरुले गत अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर्मचारीहरुलाई धेरै बोनस बाँडेको पाइएको छ ।

वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०८१–०८२ मा आफ्नो कर्मचारीहरुको सुविधाका लागि साढे १० अर्ब भन्दा बढी रुपैयाँ बोनसका लागि छुट्याएका हुन् ।

नेपाल राष्ट बैंकले हालै सो तथ्यांक सार्वजनिक गर्दै २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा आफ्नो कर्मचारीको लागि बोनस वितरण गर्न १० अर्ब ६१ करोड १३ लाख रुपैयाँ छुट्याएको जानकारी दिएको हो ।

अघिल्लो आर्थिक वर्ष ०८०–०८१ मा कुल ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबर रकम कर्मचारीहरुलाई वितरण गर्न छुट्टयाइएको थियो । तर गत आर्थिक वर्ष ०८१–०८२ मा त्यसको तुलनामा ९ दशमलव ७२ प्रतिशत बढी रकम बोनसका लागि छुट्याएको हो ।

गत आर्थिक वर्षको तथ्यांकलाई मूल्यांकन गरेर हेर्ने हो भने सबैभन्दा धेरै कर्मचारीलाई बोनस छुट्टयाउने पहिलो नबिल बैंक बनेको छ । नबिलले एक आर्थिक वर्षमा कुल १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ कर्मचारीहरुका लागि बोनस छुटयाएको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६२ प्रतिशतले बढी रहेको तथ्यांकले देखाएको छ ।

कुन बैंकको कर्मचारी बोनस बढ्यो, कुनको घट्यो ? हेर्नुहोस्, चार्टमा

त्यसैगरी कर्मचारीहरुका लागि बढी सुविधा दिने यानेकी धेरै बोसन बाड्ने दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । एनआईएमबीले १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्न रकम छुट्याएको हो । यो गत अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.८९ प्रतिशतले बढी रकम हो ।

ग्लोबल आइएमई बैंक कर्मचारीहरुलाई धेरै बोनस बाड्नेमा तेस्रो नम्बरमा रहेको छ ।

कर्मचारीको बोनसका लागि ग्लोबल आइएमईले गत आर्थिक वर्षका लागि ९७ करोड ६० लाख रुपैयाँ रकम छ्टयाएको छ । त्यस्तै एभरेष्ट बैंकले ८२ करोड ७१ लाख, प्रभु बैंकले ७० करोड ५ लाख, प्राइम बैंकले ६५ करोड ९८ लाख, कुमारी बैंकले ६४ करोड २३ लाख रकम कर्मचारीको सुविधाको लागि छुट्याएको हो ।

Bank Profit Analysis Dashboard

Nepali Bank Profit Analysis Dashboard

Comparison of Bank Profits for 2081 and 2082 Asar

Total Profit 2082 Asar

Nrs 10,611.37 Cr

Total Profit 2081 Asar

Nrs 9,671.24 Cr

Overall Growth

+9.72%

S.N Bank Name 2082 Asar (Nrs Cr) 2081 Asar (Nrs Cr) Difference %

यता लक्ष्मी सनराइज बैंकले ६४ करोड ९ लाख, सिद्धार्थ बैंकले ५५ करोड ९६ लाख एनएमबि बैंकले ५२ करोड १७ लाख र स्टान्र्डड चार्टड बैंकले ५० करोड ६० लाख रुपैयाँ छुट्याएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सो अवधिमा सानिमा बैंकले ३९ करोड ५४ लाख, माछापुच्छ्रे बैंकले ३२ करोड २७ लाख, कृषि विकास बैंकले ३० करोड ७९ लाख, नेपाल एसबिआई बैंकले ३० करोड ११ लाख, राष्ट्रिय वाणिज्य बैंकले २८ करोड ६९ लाख र नेपाल बैंक लिमिटेडले २८ करोड ५४ लाख रुपैयाँ, सिटिजन्स बैंकले २० करोड ४२ लाख र हिमालयन बैंकले २३ करोड १८ लाख रुपैयाँ कर्मचारीको सुविधा यानेकी बोनसका लागि छुट्याएका हुन् ।

तर एनआईसी एशिया बैंकले भने बोनसका लागि सबैभन्दा कम रकम छुट्टयाएको छ । तथ्यांक अनुसार बैंकले कर्मचारी बोनसका लागि २ करोड ४० लाख रुपैयाँ मात्रै छुट्याएको छ ।

विधानको व्यवस्था अनुसार प्रचलित कानुन अनुसार करअघिको नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्याउनुपर्नेछ । सोहीबाट बैंकहरुले हिस्सा छुट्याएर बैंकहरुले कर्मचारीलाई बोनस छुट्याउनेछन् ।

यसरी कानुन अनुसार बोनसका लागि छुट्याइएको रकम बैंकहरुले आ–आफ्नो सुविधामा वितरण गर्नेछन् । कतिपय बैंकहरुले आर्थिक वर्ष मसान्तपछि, कतिपयले आफ्नो वार्षिक साधारण सभा त कतिपयले चाडपर्वको छेको पारेर बोनस वितरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?