काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ९९ हजार रुपैयाँ पुगेको हो।
अघिल्लो दिन सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।
यसैबिच बुधबार चाँदी भने सस्तो भएको छ । मंगलबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदी घटेर बुधबार तोलामा २ हजार ३४५ रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया