झापामा सवारी दुर्घटना : एकको मृत्यु, चार घाइते

लोकपथ
119
Shares

काठमाडौं । झापाको कनकाई नगरपालिका–८, बिरिङ पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गमा मंगलबार राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आएको मे १ च ३४४० नम्बरको मारुती भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मारुती भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मारुती भ्यानमा सवार शिवसताक्षीका ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र ९ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

यसैबिच, दुर्घटनामा संलग्न पिकअप भ्यान र चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?