साफ यु–१७ च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै, नेपाललाई जित्नैपर्ने बाध्यता

लोकपथ
637
Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बंगलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत ९ अंकका साथ पहिलो स्थानमा छ भने ६ अंक लिएर बंगलादेश दोस्रो स्थानमा छ । तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छ भने १५ गते भुटानसँग भिड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?