काठमाडौं । नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासमा समेत तीजको रौनकले छोएको छ ।
नेपालका हरेक ठूला पर्वहरुमा ‘सेलिब्रेसन’ गर्ने दूतावासले तीजको अवसरमा समेत कार्यक्रम आयोजना गरेको हो ।
त्यसक्रममा नेपालस्थित दूतावासमा कार्यरत कर्मचारीहरुले नाचगान गरेका हुन् ।
सो क्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सन समेत छमछमी नाचेको देख्न सकिन्छ । साथै अन्य उच्च कूटनीतिक अधिकारीहरु समेत नाचेका छन् ।
आज देशभर तीजको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।
तस्बिरहरु हेर्नुहोस् :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया