काठमाडौं । आज हरितालिका तीजको दोस्रा दिन। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउने गर्छन् । पतिको लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुने मान्यता छ ।
हिजोको दरको भरमा आज आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ ।
पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ ।
आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।
आज तीजको अवसरमा महिला कर्मचारीलाई मात्र बिदा दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया