३ महिनाको अन्तरालमा तीन महिलाको मृर्गौला र दुई पुरुषमा कलेजो प्रत्यारोपण सफल

मस्तिष्क मृत्यु पश्चात हुने प्रत्यारोपणले गति लिँदै

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपलमा पनि मस्तिष्क मृत्यु पश्चात हुने अंग प्रत्यारोपण नियमित हुन थालेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा गत साउन ३० गते ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई वटा मिर्र्गाैला र एक वटा कलेजो प्राप्त भएको हो ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मृर्गौला र एक कलेजो एक साथ तीन जनामा सफल प्रत्यारोपण भएकोमा कलेजो प्रत्यारोपित काठमाडौं निवासी ३८ वर्षिय पुरुष आज ९ औँ दिनमा सकुशल डिस्चार्ज भएका छन् भने मृर्गौला प्रत्यारोपितहरु स्वास्थ्य लाभ गरी केही दिनमा डिस्चार्ज हुने तयारीमा छन् ।

३ महिना अघि मात्रै पनि एक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट प्राप्त मृर्गौला र कलेजो एकजना पुरुषलाई तथा एक अर्को मृर्गौला एकजना महिलालाई प्रत्यारोपण गरिएको थियो ।

२०७४ वैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएपश्चात हालसम्म ७ जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा मृर्गौला र ५ जनामा कलेजो गरी १८ जनामा प्रत्यारोपण भएको छ । हालै आएर मस्तिष्क मृत्यु पश्चात हुने अंग प्रत्यारोपणले थप गति लिदै गएको कुरा केन्द्रका कार्यकारी निर्देशक तथा मृगौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले बताए ।

मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आँफू जीवित हुँदा मस्तिष्क मृत्युपश्चात अङ्गदान गरेको वा मस्तिष्क मृत्यु भएपश्चात निजको नजिकको नातेदारले निजको शरीरबाट अङ्गदान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्गदान गरी प्रत्यारोपण गर्ने सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो प्रत्यारोपण गर्ने ३८ वर्षीय पुरुष

पत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा डा.रोशन घिमिरेले सघाएका थिए भने मृगौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा विकास खड्का, डा लोचन श्रेष्ठ, डा विक्किन डंगोल लगायतले टोलिले सघाएका थिए ।

एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा. रेखा श्रेष्ठ, डा शिव सुन्दर राजचल लगायतले सहयोग गरेका थिए ।

नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा.विक्रम वीर बज्राचार्य, डा रुबश नाथ योगी, डा सन्तोष कार्की सहभागी रहेका थिए ।

त्यस्तै रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा हितेश रायमाझी डा.सुधिर जोशी, प्याथोलोजिस्ट डा. सोनालि मिश्र, ल्याब टेक्नोलोजिष्ट बिन्दिरा जोशी, ट्रान्सपलान्ट कोर्डिनेटर तारा साँध, सरु कोजु, बन्दना खत्री, डा निरु शर्मा, डा नेहा सिंह फिजियोथेरापिस्ट सोनी सिखवालले पनि सघाएका थिए ।

त्यस्तै निवर्तमान नर्सिङ निर्देशक पुजा कोइरालाको नेतृत्वमा नर्सिङ इन्चार्जहरु, बबिता लवजु, एलिसा श्रेष्ठ, निरु सुवाल, अनिता कार्की, मीना खर्वुजा, मन्जु भट्टराई सनिषा कार्कीले नर्सिङ व्यवस्थापन तथा बिरामीको उपचारका लागि आवश्यक व्यवस्था मिलाएका थिए ।

महिला मृगौला प्रत्यारोपितहरुको संख्या बढ्दै

मस्तिष्क मृत व्यक्तिबाट प्राप्त १३ जना मध्ये पुरुष १० जना पूरुष र ३ जना महिलामा मृर्गौला र ५ जना पूरुषमा कलेजो प्रत्यारोपण गरिएको छ । जसबाट अंग प्रत्यारोपणमा लैङ्गिक भेदभाव सुधारोन्मुख देखिएता पनि अझै उत्कर्षमा रहेको सिद्द हुन्छ । वर्तमान प्रत्यारोपण नियमावली अनुसार नेपालमा महिलालाई मृर्गौला प्रत्यारोपणमा प्राथमिकता होस भन्ने हेतुले पुरुषको तुलनामा महिलालाई ३ गुणा बढी अंक दिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?