काठमाडौं । ज्योति समूहको स्वामित्वमा रहेको भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले कर छली गरेको पुष्टि भएको छ । राजश्व न्यायाधिकरण काठमाडौंले भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले कर छली गरेको ठहर गर्दै फैसला सार्वजनिक गरेको हो ।
राजश्व न्यायाधिकरण काठमाडौंका अध्यक्ष न्यायाधीश ब्रजेश प्याकुरेल र सदस्य लेखा सदस्य वासुदेव खनालको इजलासले गत वर्षको चैत १२ गते फैसलाको पूर्ण पाठ भर्खरै सार्वजनिक भएको हो । फैसलाको पूर्ण पाठमा भाजुरत्नले ५१ लाख ६२ हजार रुपैयाँभन्दा बढी कर छली गरेको पुष्टि गरेको छ भने केही कर पुनः निर्धारण गर्न ठुला करदाता कार्यालयलाई निर्देशन दिएको छ ।
ज्योति समूहका रूप ज्योतिको कम्पनी भाजुरत्न सेल्स एन्ड इन्जिनियरिङले मुख्यतः ट्र्याक्टर र मोटरसाइकलको खरिद विक्री गर्ने गर्छ । सोही कम्पनीले आर्थिक वर्ष २०७३।०७४ को आयकर छली गरेको भन्दै भएको कर निर्धारण र पुनरावेदनमा अदालतले कर छली भएको ठहर गरेको हो ।
उक्त आर्थिक वर्षमा भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले ५१ लाख ६५ हजार ८१४ रुपैयाँ ४९ पैसा कर छली गरेको ठहर गरिएको छ भने केही रकमको पुनः कर निर्धारण गर्न ठुला करदाता कार्यालयलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया