काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।
संघीय संसद सचिवालयले सोमबार कार्यतालिका सार्वजनिक गरेको हो । त्यसो त संघीय संसद सचिवालयले आजै भदौ ११ गते बुधबार निर्वाचन गर्ने जनाएको थियो ।
जसअनुसार मंगलबार यानेकी भदौ १० गते मनोनयन दर्ता गर्नुपर्नेछ । समितिको कुनै पनि सदस्यले अर्को कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्न भनिएको छ । त्यसका लागि भोलि दिनको १ बजे देखि ४ बजेसम्मको समय दिइएको छ । साथै सोही दिन अपरान्ह ४ः१५ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रम अनुसार प्रकाशन गरि सचिवालयको सूचना पार्टीमा टाँस गरिनेछ ।
त्यस्तै बुधबार दिउँसो ३ बजे समितिको बैठक प्रारम्भ हुने र त्यहाँ प्रस्तावकले आफ्नो प्रस्ताव प्रस्तुत गर्नेछन् । समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्नेछन् र निर्णायार्थ प्रस्तुत हुनेछ ।
यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि समिति नेतृत्व विहीन भएको थियो । निजामति विधेयकमा कुलिङ पिरियडमा भएको त्रुटीमा प्रश्न उठेपछि खतिवडाले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया