जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

लोकपथ
560
Shares

काठमाडौं ।  झापामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाको कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादर तामाङ रहेका छन् ।

उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?