खेतबारीमै पुग्नथाले उम्मेद्वार

म्याग्दी, २१ कात्तिक – ग्रामिण भेगका जनतालाई यतिबेला बाली भित्र्याउने चटारो छ । चुनावको मुखमा म्याग्दीका मतदाताहरु खेतबारीमा ब्यस्त हुँदा चुनाव लक्षित आभसभामा सर्वसाधारणको उपस्थिति कम हुदै गएपछि दलहरुले चुनावी प्रचार शैली पनि बदलेका छन् । भोट माग्न उम्मेद्वारको टोली ग्रामिण भेगका कृषकका खेतीबारीमा पूग्न थालेका छन् परिस्थतिलाई नजरअन्दाज गर्दै एमाले माओवादीको वाम र काँग्रेस राप्रपाको लोकतान्त्रिक गठबन्धनले ठुला सभा भन्दापनि कार्यकता परिचालनलाई जोड दिएका छन् । स्थानीय तह, वडा र बस्तीस्तरमा पुगेर चुनाव प्रचार गर्ने कार्यक्रम उनिहरुले बनाएका छन् वाम गठबन्धनले जिल्लामा दुईवटा टोली बनाएर प्रचार अभियान संचालन गरेका छन् । प्रतिनिधिसभाका उम्मेदवार भुपेन्द्र थापा र प्रदेशसभा क्षेत्र ख का उम्मेद्वार नरदेवी पुनको टोली मंगला, मालिका, धौलागिरि गाउँपालिका लक्षित गरेर वडास्तरमा चुनावीसभा र घरदैलोमा ब्यस्त छ । मुल टोलीले २१ गतेदेखि क्षेत्र नम्बर १ मा चुनावी कार्यक्रम गर्दैछ प्रदेशसभाका क्षेत्र १ मा वाम गठबन्धनबाट माओवादी उम्मेदवार बिनोद केसीको टोलीले अन्नपुर्ण, रघुगंगा गाउँपालिकामा सकेर बेनी नगरपालिका ब्यस्त छन् । भेला र सभाकासाथै कार्यकता भेटघाट, प्रशिक्षण र घरदैलोलाई प्राथमिकता दिएको माओवादी केन्द्रका नेता शेरबहादुर केसीले बताए लोकतान्त्रिक गठबन्धनको टोलीले पनि अन्नपुर्ण गाउँपालिका घुमेर फर्किएपछि प्रचारको शैलि फेरेको छ । प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गर्वुजा र प्रदेश सभाका क्षेत्र नम्बर १ का उम्मेद्वार भिमप्रसाद गौचन र प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार अमलाल फगामीलार्इृ जिताउन जिल्लाका ४५ ओटा वडामा शीर्ष नेतालाई जिम्मेवारीसहित परिचालन गरिएको नेपाली काग्रेस जिल्ला सदस्य केवि भण्डारीले बताए आमसभाभन्दा बढी भेटघाट, घरदैलो र अन्य पाटीका कार्यकतालाई पाटी प्रवेशमा कसरत गर्दै प्रतिनिधि सभाका उम्मेद्वार गर्वुजा र क्षेत्र नम्बर २ का उम्मेदवार फगामी ब्यस्त छन् । जिल्लामा वाम र लोकतान्त्रिक गठबन्धनले चुनावी ऐजेण्डा उस्तै उस्तै रहेका छन् । जिल्लाको विकास ऐजेण्डा फरक शैलिमा प्रस्तुत गरेपनि कृषि, जलस्रोत, पर्यटन, पशुपालन, युवा रोजगार, वनजंगल, जडीबुटीको उत्खनन गर्नेलाई प्राथमिकता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?