सकियो नाडा अटो शो, १ लाख ६० हजारले गरे अवलोकन

लोकपथ
287
Shares

काठमाडौं । भदौ ३ गतेबाट सुरु भएको अटो मोबाइल क्षेत्रको महाकुम्भ मेला मानिने नाडा अटो शो को १७औँ संस्करण सकिएको छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका थिए भने आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले समापन गरेका हुन् ।

आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार १७औँ नाडा शोमा १ लाख ६० हजार दर्शकले अवलोकन गरेका छन् ।

सवारीसाधन प्रदर्शनी मेलामा १३५ वटा स्टल थिए भने ३० वटा नयाँ गाडी सार्वजनिक गरिएको नाडा अध्यक्ष करण चौधरीले शो समापन समारोहमा जानकारी दिए ।

यसपटक दिपलको उड्ने कारदेखि रोबोटसम्म शोको आकर्षण बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?