काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका
नेताहरुमाथि नै शंका गरेका छन् ।
प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेताहरु बिचौलिया टाइपका, दलाल टाइप बनेका कारण पार्टी कमजोर बनेको टिप्पणी गरे । उनले पार्टीका नेताहरु समाजवादी बन्नुपर्नेमा त्यस्तो नभएको भन्दै कटाक्ष गरे ।
‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ ।’ उनले, ‘अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’
त्यस्तै उनले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन भएको बताए ।
‘हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने त्सको मूल आधार उत्पादन हो । उत्पादनका निम्ति सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन,’ उनले भने ।
यसैगरी हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन सङ्र्घ’निर्णय कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए ।
नेताहरुमाथि प्रचण्डको शंका– ‘समाजवादी हुनुपर्नेमा बिचौलिया र दलाल जस्ता भए’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया