सुनिल पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश

लोकपथ
1.9k
Shares

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेलसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । 

पौडेलमाथि केन्द्रमा कार्यरत रहँदा पौने १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।  तर, यो आदेशका आधारमा मात्रै उनी थुनामुक्त हुने छैनन् । यसअघि अन्य भ्रष्टाचार सम्बन्धी मुद्दामा समेत उनलाई थुनामा पठाउन अदालतले आदेश दिएकाले पौडेल हालकै अवस्थामा जेलमै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?