काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालयमा भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विश्वविद्यालयमा देखिएको द्वन्द्व नियन्त्रण गर्न गृह मन्त्रालयलाई प्रवेश गर्नुपर्ने स्थिति आएको बताएका छन् ।
उनले प्राध्यापकहरूको सुरक्षाका लागि पिएसओ खटाइएको जानकारी दिँदै, त्यस पिएसओ फिर्ता गर्न सक्ने वातावरण बनाउन पनि अनुरोध गरे ।
त्रिभुवन विश्वविद्यालयमा विभिन्न दलका भ्रातृ संस्थाले बन्द गर्ने, प्राध्यापकमाथि हातपात गर्ने र तोडफोड गर्ने जस्ता घटनाहरू भइरहेको समाचारहरू आएका छन् ।
गृहमन्त्री लेखकले भने, ‘त्रिभुवन विश्वविद्यालयमा नै यस्तो द्वन्द्व छ कि त्यसमा गृह मन्त्रालयले हस्तक्षेप गर्नुपरेको छ। सरहरूको सुरक्षाका लागि मैले पिएसओ खटाएको छु। यस्तो द्वन्द्व भएकाले अहिले शान्तिपूर्ण स्थिति कायम छ। मेरो अपिल छ, जसले द्वन्द्व गरिरहेका छन्, उनीहरूले संयम अपनाउनुपर्छ ताकि पिएसओ फिर्ता गर्न सकियोस् ।’
उनले सरकार द्वन्द्व न्यूनीकरणका लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको बताए । साथै, आत्महत्या नियन्त्रणका लागि काठमाडौं विश्वविद्यालयसँग गरिएको सम्झौता जस्तै द्वन्द्व नियन्त्रणका क्षेत्रमा पनि सहकार्य गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया