काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्ली र आसपासका क्षेत्रमा रहेका आवारा कुकुरबारे आफ्नो अघिल्लो आदेश संशोधन गरेको छ ।
पहिलेको आदेश अत्यधिक कठोर भएको स्वीकार गर्दै अदालतले अब सडकमा भेटिएका आवारा कुकुरलाई समातेर नसबन्दी र खोप लगाइसकेपछि मात्र छोड्न निर्देशन दिएको हो ।
यद्यपि अदालतले रेबिज संक्रमण देखिएका, शंकास्पद वा आक्रामक स्वभावका कुकुरलाई भने सार्वजनिक स्थानमा नछोड्न आदेश दिएको छ । साथै, मानिसलाई सार्वजनिक स्थानमा आवारा कुकुरलाई खुवाउने कार्य नगर्न चेतावनी दिँदै प्रत्येक वडामा समर्पित खुवाउने स्थान तोक्न पनि निर्देशन दिएको छ ।
रेबिज रोग अत्यन्त घातक मानिन्छ । यो मुख्यतया कुकुरको टोकाइबाट सर्ने भाइरल संक्रमण हो । विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार रेबिजका कारण विश्वभर हरेक वर्ष झण्डै ६० हजार मानिसको मृत्यु हुने गर्छ । तीमध्ये करिब ३६ प्रतिशत मृत्यु भारतमै हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया