काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीका वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि कुटपिट भएको छ ।
ताप्लेजुङ जिल्ला कमिटी सदस्य समेत रहेका सेन्दाङमाथि शनिबार हातपात भएको भन्दै सांसद योगेशकुमार भट्टराईले कारबाहीको माग गरेका छन् ।
आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रका वडाध्यक्ष तथा पार्टी जिल्ला नेतामाथि कुटपिट भएको भन्दै भट्टराईले गृहमन्त्रीलाई पत्र लेख्दै कारबाहीको माग गरेका हुन् ।
सेन्दाङ शनिबार जिल्ला कमिटी बैठकपछि फर्किने क्रममा सदरमुकामको तोक्मेडाँडा भन्ने स्थानमा उनीमाथि आक्रमण भएको थियो । आक्रमणमा परी गम्भीर घाइते भएका सेन्दाङको झापाको वीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
जनप्रतिनिधिमाथि सदरमुकामको बिचबजारमा दिनदहाडै कुटपिट भएको भन्दै उनले कारबाहीको माग गरेका छन् ।
‘एउटा जनप्रतिनिधिलाई सदरमुकामको बिचबजारमा दिनदहाडै कुटपिट गरिएको घटनाले शान्ती सुरक्षामाथि गम्भीर चुनौती दिएको छ । म उक्त घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ पत्रमा भनिएको छ, ‘आक्रमणमा संलग्नहरुलाई ततकाल गिरफ्तार गरी कानुनी कारबाही गर्न तथा आम सर्वसाधारणको शान्ती सुरक्षामा खलल गर्ने अराजक गतिविधिमाथि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनको ध्यानाकर्षण गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया