काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज (आइतबार) सुन प्रतितोला २ हजार ३०० ले बढेर १ लाख ९७ हजार ५०० मा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ।
शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २०० र चाँदी २ हजार ३१० मा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया