काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वमा फुर गेल्जे शेर्पा विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै फुर ३४२ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गरेका थिए । अध्यक्ष बाहेक संघको अधिकांश पदमा फुर नेतृत्वको टिमले जित हासिल गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत पाउँदा काजी शेर्पाले २५६ मत मात्र प्राप्त गरे । द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी धनबहादुर गुरुङ २३८ मतमा सीमित रहे ।
महासचिव पदमा राजेन्द्रबहादुर लामाले ३१८ मत प्राप्त गरी विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी विमल नहर्कीले २०९ र शिव सापकोटाले ६८ मत पाए । सचिवमा चन्दन थापा ३५८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी ङिमा दिकी शेर्पाले २४४ मत पाइन् ।
कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान ३०४–३०४ मत पाएका छन् । दुवैबीच आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको छ ।
सदस्यतर्फ माधवकुमार धमला (२७८०), केदार न्यौपाने (३०२०), थुप्देन शेर्पा (३२६०), गोकुल थापा (२८८०), मुलाल गुरुङ (३५१०), देण्डी शेर्पा (३११०), विक्रम कार्की (३०६०), रिञ्जे शेर्पा (३०१०), देवेन्द्र डंगोल (२९५०), दिकी शेर्पा (२८८०) र निशा भोटे (३०७०) निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वसहितको एनएमएमा अब पर्यटन व्यवसायलाई अघि बढाउने रणनीति कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया