२०७८,श्रावण,१५,शुक्रवार

बेपत्ता मलामीकोे शव फेला

२०७४,कार्तिक,२१,मंगलवार ०५:२६


पाल्पा, २१ कात्तिक – कालीगण्डकी नदीको राम्दीबाट हराएका युवाको शव सोमबार फेला परेको छ बिहीबार राम्दी नदीमा नुहाउने क्रममा बेपत्ता बनेका बगनासकाली गाउँपालिका–२, पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहाको शव रम्भा गाउँपालिकाको हुँगीस्थित असर्दीमा भेटिएकोे राम्दी प्रहरी चौकीले बताएको छ । उनी बिहीबार हजुरआमाको दाहसंस्कार गरी नुहाउने क्रममा गाहा नदीमा बेपत्ता भएका थिए राम्दी प्रहरी चौकी र स्थानीय बासिन्दाले नदी आसपासको क्षेत्रमा व्यापकरुपमा खोजी कार्य गरिरहेको भएपनि फेला पार्न सकेको थिएन । मलामी गएका बेला राम्दीस्थित नदीमा बेपत्ता बनेका गाहाको मृत्युले गाउँ अझै शोकमा डुबेको छ नदी किनारामा कपडा र मोबाइल राखेर नुहाउन गएका उनी हराएपछि प्रहरीलाई मलामीले खबर गरेका थिए कालीगण्डकी नदीमा नुहाउने क्रममा बगाएर ज्यान गुमाउनेको संख्या अझै रोकिएको छैन । दाहसंस्कार गर्ने उपयुक्त क्षेत्रको अभावमा नुहाउन गएकाहरु मृत्युको मुखमा पुग्न बाध्य छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२१,मंगलवार ०५:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९