काठमाडौं । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदाधेरैजसो मुलुकसँग नेपालले घाटा बेहोरेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षकोपहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।
गत महिना साउनमा भारतसँग ८३ अर्ब ५३ करोड ९९लाख बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख घाटा बेहोरेको छ ।
यस्तै, चीनसँग २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र पाँच करोड ४८ लाखको निर्यात गर्दा २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ । युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी बेहोदै आएको छ । युएई बाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।
जसबाट नेपालले१८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ । थाइल्यान्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्यान्डबाट नेपालले ११ अर्ब २२करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्डसँगनेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढी देखिएको छ ।
अजेन्टिनासँग ९ अर्ब १२ करोड ९७ लाख बराबरको आयात र २४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकैव्यापार घाटा बेहोर्नुपरेको छ ।
त्यस्तै अष्टे«लियासँग नेपालले ६७ करोड २८ लाखकोआयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दाबढिको बेहोर्नुपरेको छ । यस्तै, बंगलादेशसँग ५३ करोड ५८ लाख बराबरको आयात र सात करोड ५१ लाखको निर्यात गर्दा रू ४६ करोड ७ लाख बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ ।
बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षकोपहिलो महिनामा रू एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापारभएको छ ।
गत महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ।
यो अवधिमा देशलाई रू एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा भएको छ ।गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५दशमलव ७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका,रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया