प्रचण्डलाई जनार्दनले भने : शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन

लोकपथ
2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा अब दन्ते कथा मात्र भएको टिप्पणी गरेका छन्  ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गर्दै भूकम्पलाई पनि त्यसैसँग जोडेर बुझ्न नहुने बताए ।

शर्माले भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तेकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारण यो पृथ्वी चल्छ, तर केही ढल्दैन ।’

उनले विज्ञानले पृथ्वी हल्लिने कारणबारे स्पष्ट पुष्टि गरिसकेको उल्लेख गर्दै, कसैले छोड्दैमा पृथ्वी नढल्ने टिप्पणी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?