काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षा नै समाज रुपान्तरणको प्रमुख आधार भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान सभाबाट जारी संविधानको भावना र मर्मअनुरुप शिक्षा नीति अझै आउन नसकेको भन्दै असन्तुष्टि जनाए ।
हालै सरकारले संसदमा प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयकलाई प्रभावकारी बनाउन सबैले सुझाव दिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘अहिले शिक्षा नै यस्तो माध्यम हो, शिक्षामा रहेका विकृतिहरू हटाउनका लागि शिक्षा क्षेत्रमा राम्रो लगानी गर्नुपर्छ । त्यसबाट समाजलाई तीव्र गतिमा रूपान्तरण गर्न सकिन्छ ।
सिंहले विद्यालय शिक्षा विधेयकमा कुनै कमजोरी नहोस् भनेर सबै पक्ष सचेत भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । संसदमा लामो मेहनतपछि आएको उक्त विधेयक समाज रूपान्तरणमा मील का पत्थर साबित हुने उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया