काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितविपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ ।
जसपाले सो विधेयक भू–माफिया र जग्गा दलालको हितमा मात्रै केन्द्रित रहेको, वन–जंगल विनाश गरी तराई–मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको रहेको आरोप लगाएको छ ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते विधेयकको प्रक्रिया अघि बढेपछि जसपाको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऔं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस अभियान अन्तर्गत भदौ ९ देखि १५ गतेसम्म देशभरका विभिन्न शहरहरूमा विरोध प्रदर्शन हुने जसपाले जनाएको छ ।
पार्टीका महासचिव लालबाबु राउतले जारी गरेको विज्ञप्तिमार्फत आमजनसमुदायलाई विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया