काठमाडौं । हमास समूहको नियन्त्रणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
उनले हालै इजरायल पुगेर त्यहाँका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरी विपिनको सकुशल रिहाइका लागि अपिल गरेका थिए । सो भेटबारे उनले प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि सरकार गम्भीर रहेको भन्दै कुनै कसर बाँकी नराखिने बताए । ‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद् अध्यक्षसँग भेटेर फर्कनु भएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया