बुटवल । दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरेका छन् ।
आफूलाई कानुनविपरीत पदबाट हटाइएकाले पुनर्बहाली गर्नुपर्ने मागसहित उनले रिट हालेका हुन् ।
शाहले आफ्नो पदकालमा जनताको मन जित्ने काम गर्दा पनि अन्यायपूर्वक हटाइएको दाबी गरेका छन् ।
कार्यपालिका बैठकमा दुर्व्यवहार गरिएको र आफूलाई सफाइ दिने अवसर समेत नदिइएको उनले आरोप लगाएका छन् ।
उनले निवेदनमा दुई वर्षअघि दिएको राजीनामा तत्काल अस्वीकृत गरी हाल मात्र स्वीकृत गरिएको उल्लेख गरेका छन् । कानुनी प्रक्रिया पूरा नगरी अन्य व्यक्तिलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय बदर गर्नुपर्ने र आफूलाई बाँकी कार्यकाल पूरा गर्न पुनः जिम्मेवारी दिन अदालतलाई आग्रह गरेका छन् ।
शाहले अब एमालेको सदस्यता नलिने तर अदालतमार्फत पदमा पुनर्बहाली हुने विश्वास व्यक्त गरेका छन् । उनले घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीसहित कार्यपालिकालाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया