धापासी लाम्पाखामा पहिरो, सडक र विद्युत् आपूर्ति बन्द

लोकपथ
588
Shares

काठमाडौं । शुक्रबारको अविरल वर्षासँगै काठमाडौंको टोखा नगरपालिका–४ धापासी लाम्पाखा चाके क्षेत्रमा ठुलो पहिरो गएको छ ।

पहिरोका कारण स्थानीय सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने, पहिरोले ट्रान्सफर्मरसहित ६ वटा बिजुलीका पोल ढाल्दा शुक्रबारदेखि सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

सडक किनारमा रहेको रुख ढलेर सेल्सबेरी क्षेत्रमा सामान्य क्षति पुगेको छ । पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

स्थानीयवासी प्रताप खत्रीले वडाले पार्क बनाएर लगाएको पर्खाल भत्किएपछि पहिरो गएको बताएका छन् । उनका अनुसार पर्खाल अग्लो भए पनि माटो बग्न थालेको थियो ।

यस्तै, स्थानीय सुरेन्द्र श्रेष्ठले पर्खालको जग मजबुत नखनेको कारण पहिरो गएको हुन सक्ने अनुमान गरे। स्थानीयले पर्खाल केही दिनअघि नै चर्किएको देखिएको तर त्यसलाई प्लास्टिकले छेकिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?