झापामा करेन्ट लागेर एक युवकको मृत्यु

लोकपथ
371
Shares

बिर्तामोड ।  झापाको कनकाइ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कनकाइ नगरपालिका–१ खहरे खोलामा बस्ने ३७ वर्षीय पङ्कज माझीले बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गुमाएका हुन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजय श्रेष्ठले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?