काठमाडौं । युरोप भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राजनीतिक स्थायित्व र सही नेतृत्व नहुँदासम्म मुलुकले वास्तविक रूपमा अघि बढ्न नसक्ने बताएका छन् ।
एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एशोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सक्षम राजनीतिक नेतृत्वको आवश्यकता रहेको बताए ।
उनले नेपाली युवाहरूलाई विदेशमा मात्र सीमित नराखी स्वदेश फर्काउन र आर्थिक परिवर्तन छिटो ल्याउन नीति र नेतृत्वमा सुधार आवश्यक रहेको बताए । उनले भने, ‘सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न सक्दैन। अहिले देशभरि झन्डै हरेक घरमा बत्ती पुगेको छ । तर बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशभित्र हरेक क्षेत्र उज्यालो हुनुपर्छ।’
घिसिङले सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका तयार पार्न ‘उज्यालो नेपाल अभियान’ सुरु गरिएको जानकारी दिए । साथै उनले सबै राजनीतिक दलभित्र र बाहिर, स्वदेश वा विदेशमा रहेका नेपाली मिलेर राम्रो नेतृत्व जन्माउनु पर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया