काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले कुनै पनि दबाबमा परेर आफ्नो स्वाधीनतामाथि सम्झौता गर्न नहुने बताएका छन् ।
नेपाल–चीन कूटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष अवसरमा फ्रेन्ड्स अन क्लाउडस् प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा लिपुलेक क्षेत्रमा व्यापार मार्ग खोल्ने सम्झौतामा स्पष्ट अडान राख्नुपर्ने बताए ।
उनले भने, ‘भारतले दबाब दिनसक्छ, तर देशको स्वाधीनतामा आँच आउने काम कुनै पनि दबाबमा गर्न मिल्दैन। चीनले हामीलाई दुःख दिएको छैन, समस्या दक्षिण र उत्तरसँग भएको हस्ताक्षरको विषय हो ।’
कार्यक्रममा विज्ञहरूले नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य भएको र कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य र अनुसन्धानमा चीनले गरेको उन्नतिबाट नेपालले लाभ उठाउनुपर्ने पनि औँल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया