गौर हत्या प्रकणबारे उपेन्द्रलाई माओवादीको जवाफ : ‘राजनीतिक बहानामा घेराबन्दी गरेर हत्या गर्न पाइँदैन’

लोकपथ
2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले २०६३ सालको गौर हत्याकाण्डको विषयमा निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘राजनीतिक कारणले घटना देखिए पनि कसैलाई घेराबन्दी गरेर सामूहिक हत्या गर्नु कानूनी रूपमा स्वीकार्य छैन ।’

महासचिव गुरुङले यो टिप्पणी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डलाई राजनीतिक घटना भनेपछि गरेका हुन् ।

उनले तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गरेको र मानव अधिकार आयोगले पेस गरेको प्रतिवेदन पनि स्मरण गराए ।

उनले भने, ‘निष्पक्ष छानबिनपछि दोषी देखिए कानूनी कारबाही हुनुपर्छ । यो मुद्दा तत्कालीन मधेसी जनअधिकार फोरमसँग बढी सम्बन्धित देखिन्छ। राजनीतिक घटना भए पनि हत्या गर्न पाइँदैन ।’

गुरुङले सर्वोच्च अदालतको हालको परमादेशबारे भने केही आशंका व्यक्त गरे । उनका अनुसार, जसपा नेपालले भूमि विधेयकको विरोध गर्दै सरकार छोडेको सन्दर्भले अदालतको फैसलामा राजनीतिक प्रभाव परेको हो कि भन्ने शंका हुनसक्छ ।

उनले अदालतको स्वतन्त्रता र निर्णयको सम्मान गर्नुपर्ने समेत बताए । ‘न्यायिक निकायले निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्नुपर्छ,‘उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?