काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकारले अधिनायकवाद र तानाशाहीतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्तारुढ दुई ठुला दलले राज्यका सबै संयन्त्रमा दुई दलीय पकड कायम गर्ने प्रयास गरिरहेको दाबी गरे ।
उनका अनुसार विशेषतः नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संयन्त्रलाई आफ्नो नियन्त्रणमा राख्ने दिशामा कदम चालिरहेका छन् । उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास त्यसकै उदाहरण भएको टिप्पणी गरे ।
सापकोटाले उपसभामुखलाई हटाउने खेल प्रतिशोधपूर्ण र बदनियतपूर्ण रहेको दाबी गर्दै भने, ‘यो सरकार अधिनायकवाद र तानाशाहीतर्फ उन्मुख भइरहेको छ । प्रतिनिधि सभाको उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छन्, चुनाव गरेर अर्को ल्याउने भन्ने कुरा गैर संसदीय प्रक्रिया हो ।
उनले संवैधानिक परिषद्मा बहुमत पुयाउन प्रधानमन्त्री ओलीले बद्नियतपूर्ण ढंगले काम गरिरहेको आरोप पनि लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया