सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध 

लोकपथ
140
Shares
फाइल तस्बिर

भरतपुर ।  सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

आज बिहान ६ः३५ बजे इच्छा कामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुई तर्फी अवरुद्ध भएको हो । 

सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ । 

पहिरोका कारण गन्तव्यमा हिडेकाे सवारीसाधन रोकिएका छन् । यस सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?