तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार हाल पहिचान नखुलेको करिब ३० देखि ३५ वर्ष उमेरको देखिने पुरुषको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक आशिष विश्वकर्माले शव बेवारिसे अवस्थामा फेला परेको जानकारी दिँदै मृतकको सनाखत गर्ने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया