काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट ४३ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१४ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने २९ वर्षीय बसन्त कार्की रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, ‘पक्राउ परेका कार्कीले आठ जनालाई युके पठाउने भन्दै ४३ लाख ठगी गरेको उजुरीका आधारमा बानेश्वरबाट पक्राउ गरिएको हो ।’
निज कार्की नयाँ बानेश्वर काठमाडौंमा रहेको शिक्षा खोज नेपालका सञ्चालकसमेत रहेको र निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया