काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुभव र आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गरेर अधिकार खुम्च्याउने होइन, अझै विस्तार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले नागरिकले पाएको अधिकारलाई थप सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै आदिवासी र जनजातिले पाएका अधिकारलाई अझ विस्तार गर्ने दिशामा अघि बढ्नुपर्ने बताए । शासकीय कार्यमा रहेका अवरोधलाई सम्बोधन गर्ने गरी आवश्यक संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले भने, ‘हामीले अब हाम्रो अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्ने, संशोधन गरेर अधिकार खुम्च्याउने होइन, थप विस्तार गर्ने, नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने हो । थप अधिकार सम्पन्न बनाउने तर सँगै शासकीय काममा जे अवरोध सिर्जना भएका छन्, ती अवरोधलाई पनि सम्बोधन गर्ने गरी व्यवस्थालाई मिलाएर जाने हो । जसले गर्दा नेपालमा कुनै पनि नयाँ पुस्ताले प्रजातन्त्रको लागि लड्न नपरोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया