काठमाडौं । सस्तो मूल्यमा ईभी कार खोज्दै हुनुहुन्छ भने नाडा अटो शो मा त्यो कार पनि देख्नुहुनेछ । केवल १९ लाख रुपैयाँमै ईभीको फ्यामिली कार उपलब्ध गराउने गरी नाडा अटो शोमा प्रदर्शनीमा ल्याइएको छ ।
भृकुटीमन्डपमा चलिरहेको नाडा अटो शो, २०८२ मा जिनपिङ ब्राण्डले आफ्नो सस्तो मूल्यको लिङबक्स ईसी–जिरो वान कार प्रदर्शनीमा राखेको छ । जिनपिङको लागि नेपालको आधिकारिक विक्रेता ठाकुर मोटर्सले नेपाल भित्राएको यो कारको मूल्य र फिचरका कारण ग्राहकको ध्यान तानिरहेको छ ।
जिनपिङको लिङबक्स ईसी–जिरो वान दुई भेरियन्टमा उपलब्ध छन्, बेसिक र प्रिमियम । नाडा शोमा कम्पनीले दुवै भेरियन्टमा एक लाख रुपैयाँको छुटसमेत उपलब्ध गराएको छ ।
बेसिक भेरियन्टको सुरुवाती मूल्य १९ लाख ९९ हजार रुपैयाँ रहेकोमा नाडामा यो मूल्यमा एक लाख रुपैयाँको छुटसहित १८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । प्रिमियम भेरियन्टको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेकोमा नाडामा यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यो कार किफायती र सबै आधुनिक सुविधासहितले डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ । बेसिक भेरियन्टमा १९ दशमलव २ किलोवाट आवर क्षमताको लिथियम आयन फस्फेट ब्याट्री जडान गरिएको छ भने प्रिमियम भेरियन्टमा ३१ दशमलब ४५ किलोवाट आवर ब्याट्री छ । यो कारको बेसिक भेरियन्टले एक पटक फूल चार्ज गरेपछि २४० किलोमिटर र प्रिमियम भेरियन्टले ३४० किलोमिटर माइलेज दिने बताइएको छ ।
लिङबक्स ईसी–जिरो वानमा ३५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ र प्रतिघण्टा १ सय १ किलोमिटरको अधिकतम गति क्षमता रहेको छ । ब्याट्री चार्ज गर्न ३ दशमलब ३ किलोवाटको एसी चार्जर र ४० किलोवाटसम्मको डिसी चार्जर प्रयोग गर्न सकिन्छ । एसी चार्जरले पूर्ण चार्ज गर्न करिब १५ घण्टा लाग्छ भने डिसी चार्जरले १–२ घण्टामा ब्याट्री फूल चार्ज गर्न सकिन्छ । दुवै भेरियन्टमा एबीएस फिचर समेत उपलब्ध छ ।
गाडीको ग्राउण्ड क्लियरेन्स २२० एमएम रहेको छ, जसले नेपाली सडकको चुनौतीपूर्ण परिस्थितिका लागि उपयुक्त बनाउँछ । यसमा रोटरी डायल गियर नब, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल क्लस्टर जस्ता सुविधाहरू उपलब्ध छन् । अगाडि चक्कामा डिस्क ब्रेक र पछाडि चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । सस्पेन्सन प्रणालीमा अगाडि म्याक्फर्सन स्ट्रट र पछाडि टोर्सन बीम प्रयोग गरिएको छ ।
लिङबक्स ईसी–जिरो वान सानो परिवारका लागि उपयोगी कार रहेको आयातकर्ताले दाबी गरेका छन् । यो कारमा २९३ लिटर कार्गो स्पेस रहेको छ, जसले सरसामान राख्न र छोटो यात्रा गर्न पनि सहज बनाउनेछ ।
हाल प्रदर्शनीका लागि राखिएको ईजी जिरो वान कारमा फेब्रिक सिट उपलब्ध छ भने कार बिक्री सुरु भए पछि लेदर सिटसहितको भेरियन्ट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । म्यानुअल एडजस्टेबल सिट भएको यो कारको पछाडिको स्थान निकै फराकिलो छ, जसले यात्रुहरूलाई थप सुविधा दिने र सहजता हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया