काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले आर्थिक विधेयक पास भएको एक महिनामै कर दर फेरबदल गरेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सलाई बनाउन आवश्यक काठको भन्सार शुल्क, सुख्खा तथा पेय पदार्थका जुसमा ३५ प्रतिशत अन्तःशुल्क, साथै औषधि प्याकेजिङमा प्रयोग हुने बोटलमा लगाइएको अन्तःशुल्क समेत घटाइएको जानकारी दिएका छन् ।
सांसद पुनले भने, ‘संसद् चलिरहेको र आर्थिक विधेयक भर्खरै मात्र पारित भएको अवस्थामा पहिलो चौमासिकमै सरकारले यसरी करका दर परिवर्तन गरेको छ। यसप्रति हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ। यसरी संसद्लाई छलेर कर सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तविपरित कर दर हेरफेर गर्नु आर्थिक अपराध हुन जान्छ ।’
उनीहरूले सरकारले संसद्लाई करका दर परिवर्तनबारे जानकारी दिनुपर्ने पनि माग गरेका छन् । उनले अर्थमन्त्री असक्षम रहेको पुष्टि भएको आरोप समेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया