डेंगु नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान

लोकपथ
105
Shares

काठमाडौं । पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेघा अभियान सञ्चालन गरेको छ । 

डेंगु नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटक गरिएको मेघा अभियान प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत गरिएको महानगरपालिकाले जानकारी दिएको छ । 

महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने लगायत काम गरिँदै आएको छ । 

महानगरपालिकाले यसअघि नै लामखुट्टेको बासस्थान खोज र नष्ट गर् अभियान सञ्चालन गर्दै आएको छ । यसलाई थप प्रभावकारी बनाउन मेघा अभियान थालिएको उनले बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइका लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको भुसालले जानकारी दिए।  

त्यस्तै, डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउन  समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । भुसालले भने, ‘समान्य जानकारी नहुँदा डेंगु फैलिरहेको छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर् अभियान सुरु गरेका हौँ ।’

महानगरपालिकाले विद्यालयमै पुगेर बालबालिकामार्फत डेंगु नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको छ । 

विशेषगरी, वर्षाको पानी जम्ने जथाभाबी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका टङ्याकी आदिमा लामखुट्टेले फुल पार्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?