काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठुलो समस्या प्रदेश नभई संघ सरकार भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देश संघीयतामा गइसके पनि संघ सरकारले संघीयतामा जान नसकेको जिकिर गरे ।
महामन्त्री थापाले संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा अघि बढाउनुपर्ने उल्लेख गर्दै भने, ‘संख्या वा अन्य कुनै बहानामा पछि हट्न पाइँदैन। जोखिम छ भने मुख्य शक्तिले जोखिम उठाउनुपर्छ ।’ उनले कांग्रेस र एमालेले सरकार बनाउँदा संविधान संशोधनको आवश्यकतालाई महसुस गरेको र अब यस विषयमा बहस अघि बढाउनैपर्ने बताए ।
थापाले उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एउटै बनाउने, आयोगहरूलाई राष्ट्रिय मानव अधिकार आयोगअन्तर्गत ल्याउने र जिल्ला समन्वय समिति खारेज गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
उनले संसद् समावेशी बनाउन, न्यायपालिका र देशको नेतृत्व व्यवस्था सम्बन्धी छलफल आवश्यक रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया