काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा तत्काल पार नलाग्ने विषयलाई बहसको विषय बनाएर अलपत्र पार्नु उचित नहुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलले संविधान संशोधनको विषयमा आन्तरिक तयारी र गृहकार्य आवश्यक रहेको बताए ।
उनले संसदमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले उठाएका संविधान संशोधनबारे टिप्पणी गर्दै संसदमा अहिलेको शक्ति सन्तुलनले तत्काल पार्न सकिने अवस्था नभएको स्पष्ट पारे ।
उनले भने, ‘तत्काल निष्कर्ष निकाल्न नसकिने विषयलाई बहसमा ल्याइदिएर छोड्नु उचित हुँदैन। गृहकार्य गरेर मात्रै अगाडि बढाउनुपर्छ ।’
बर्तौलाले वर्तमान सरकारको उद्देश्य संघीयतालाई व्यवहारमा कार्यान्वयन गर्नु भएको रहेको बताए । कतिपय विषय संसदबाट पारित गर्न नसकिने भए मुलुकमा अनावश्यक ध्रुवीकरण सिर्जना हुन सक्ने उल्लेख गरे ।
साथै उनले सांसदहरूले विधायिकी काममा बढी जोड दिनुपर्ने र जनताको जीवनसँग सम्बन्धित काममा ध्यान दिनुपर्ने पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया