काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा बन्धकहरूको रिहाइ र युद्ध अन्त्यका लागि तत्काल वार्ता सुरु गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
उनले गाजा सहर कब्जा गर्ने सैन्य योजनालाई समेत अनुमोदन गर्ने बताएका छन् ।
यस चरणमा कुनै पनि इजरायली प्रतिनिधिमण्डल दोहा वा कायरो जाने अपेक्षा गरिएको छैन । अधिकारीहरूका अनुसार, नेतन्याहू र उनको सुरक्षा मन्त्रिपरिषद्ले गाजाको सबैभन्दा ठूलो सहरमा आक्रमणका लागि अन्तिम स्वीकृति दिन बैठक गर्न लागेको छ ।
गएको वर्ष अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमण र गोलीबारीबाट हालसम्म ६२ हजार १ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५७ हजार १ सय १४ जना घाइते भएका छन् भन्ने तथ्याङ्क अधिकारीहरूले सार्वजनिक गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया