डेंगु नियन्त्रणमा महानगरको ‘मेगा अभियान’, शुक्रबार कर्मचारी सडकमा आउने’

लोकपथ
105
Shares

काठमाडौं । वर्षायाममा डेंगु रोगको जोखिम बढ्न सक्ने भएकाले काठमाडौं महानगरपालिकाले एक दिने विशेष ‘मेगा अभियान’ सञ्चालन गर्न लागेको छ।

महानगरपालिकाले शुक्रबार आयोजना गर्न लागेको ‘वाल्क एण्ड एक्ट (खोज र नष्ट गर)’ अभियानमा महानगरपालिका अन्तर्गतका सबै विभाग, इकाई, सचिवालय र आयोजनाका कर्मचारीहरू सहभागी हुनेछन्।

महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपक कुमार केसीका अनुसार, अभियानमा महानगरपालिकाका प्रमुख, उपप्रमुखसहित विभागीय प्रमुख र सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहनेछ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले श्रावण महिनालाई ‘डेंगु रोग सचेतना महिना’को रूपमा मनाउने निर्णय गरेसँगै महानगरपालिकाले पनि यस रोगको रोकथाममा आफ्नो सक्रियता बढाएको हो। महानगरले सबै वडाहरूमा एकैसाथ अभियान सञ्चालन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

अभियानको मुख्य उद्देश्य वर्षायाममा फैलन सक्ने डेंगु रोग नियन्त्रणमा समुदायको सहभागिता बढाउनु र सरसफाइको माध्यमबाट रोग फैलिन नदिनु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?