कोरिया पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने महिला पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । कोरिया पठाइदिन्छु भनी ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१, नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–१ की ३८ वर्षीया साहारा सुव्वालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका–२, हरिसिद्धिबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार, उनले हालसम्म ९ जनाबाट कोरिया पठाइदिन्छु भनी १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुलेको छ ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?