काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक राजनीति ध्रुविकरणको बाटोमा गएको छ ।
पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी एमाले राजनीतिमा सक्रिय बनेसँगै संस्थापनसँग असन्तुष्ट बनेकाहरु आश्रयको रुपमा विद्या लाइनमा खुल्न थालेका हुन् ।
गत असार १४ गते आफू सक्रिय राजनीतिमा आउने भण्डारीले घोषणा गरेकी थिइन् । त्यसबेला अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट नेताहरु कोही खुलेका थिएनन् । तर अहिले भने नेताहरुले खुलेरै भण्डारीलाई साथ दिन थालेका हुन् । ओली नेतृत्वको कार्यसमितिका ३ पदाधिकारी नै विद्या लाइनमा देखिएका हुन् ।
यसअघि नै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खुलेर विद्याको समर्थन गरेका थिए । बिहीबार भने उपाध्यक्षहरु डा. सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली नै विद्याको पक्षमा खुलेका हुन् । भण्डारीले खोलेको सम्पर्क कार्यालय नयाँ बानेश्वरको थापागाउँमा नेतात्रय नै पुगेका थिए ।
त्यसो त एमालेले भण्डारीलाई राजनीतिमा रोक लगाउने निर्णय गर्दा तीन नेताले असन्तुष्टि जनाएका थिए । साथै पार्टीको अन्तरपार्टी निर्देशीका –अपानी) जारी हुँदा आफूहरुको कुरा नसमेटिएको भन्दै उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले फरक मत राखेका थिए ।
एमालेमा विद्याको सक्रियताले संस्थापन यानेकी ओली पक्षलाई धक्का लाग्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया