मदन भण्डारी फाउन्डेसन ओलीको वैचारिक संघर्षसँगै जन्मिएको हो : ईश्वर पोखरेल

लोकपथ
1.8k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउन्डेसन प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको बताएका छन् ।

फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै पोखरेलले ओलीको सान्निध्य पाएर फाउन्डेसन अघि बढेको स्मरण गरे । उनले फाउन्डेसन पार्टीको वैचारिक यात्रामा सधैँ महत्त्वपूर्ण ढंगले जोडिएको स्पष्ट पारे ।

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सम्बोधन गर्दै पोखरेलले ओलीमाथि पार्टीभित्र अनेक आरोप लाग्दा यही फाउन्डेसनमार्फत वैचारिक लडाइँ लडिएको बताए ।

उनले पार्टीभित्र ओलीले विचारको झण्डा बोकेको बेला फाउन्डेसनले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै यसको आगामी भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?