कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

लोकपथ
196
Shares

कैलाली । कैलाली प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।

गौरीगंगा नगरपालिका–८ मसुरिया बजारस्थित ‘चाईनिज कर्नर सेन्टर’मा बुधबार राति छापा मार्दा सोही नगरपालिका–७ का ३० वर्षीय टेक मन्नीसहित आठ जनालाई पक्राउ गरिएको हो । सो कर्नर सेन्टर टेक मन्नीले संचालन गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद २ लाख १७ हजार ७ सय ७० रुपैयाँ र ४ गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?