दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकी एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, दुर्घटना नौगाड गाउँपालिका–४ होपरीमा भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी नौगाड–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको हो ।
गम्भीर घाइते अन्य तीन जनालाई उपचारका लागि धनगढी रेफर गर्ने तयारी भइरहेको छ भने सामान्य घाइतेहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।
सो दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ र आवश्यक अनुसन्धान अघि बढाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया