नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? ‘नाडा अटो शो’ मा राखिएको छ यी ब्राण्ड [तस्बिरहरु]

लोकपथ
427
Shares

काठमाडौं । अटो मोबाइल क्षेत्रको महाकुम्भका रुपमा हेरिने नाडा अटो शो–२०२५ जारी रहेको छ । भदौ ३ गते मंगलबारबाट सुरु भएको नाडा अटो शो आज तेस्रो दिन भृकुटीमण्डपमा चलिरहेको छ ।

नाडामा विभिन्न चर्चित ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधनहरु प्रदर्शनीका लागि राखिएको छ ।
त्यसो त दशैँका लागि समेत नयाँ सवारीसाधन खरिद गर्ने चलन जस्तो बनेको छ । जसका कारण नाडा अटो शो दशैँका लागि नयाँ सवारी छनोटको अवसर बन्न सक्छ ।

नाडा अटो शोमा १९ लाखदेखि २ करोड रुपैयाँसम्मका गाडी बिक्रीका लागि राखिएका छन् । कम्पनीहरूले नयाँ मोडलका गाडीमा भारी छुटको अफर समेत दिएका छन् ।

नाडामा ईभीको वर्चस्व छ, ग्राहकको आकर्षण पनि त्यसमै बढी देखिएको छ । विभिन्न अफरसहित नयाँ मोडलका गाडीहरूमा ६ लाखसम्म छुट दिइएको छ ।

नाडा अटो शोमा खासगरी चर्चित ब्राण्डहरु टाटा, रिडारा, नामी, जिली ग्यालेक्सी, जिली ग्यालेक्सी, डीपल एस–०५, फोटोन टनल्यान्ड जी–७, सुजुकी, जिनपेङ र एमएडब्ल्यू लगायतका ब्राण्डहरु प्रदर्शनीका लागि राखिएका छन् ।

नाडा अटो शो केवल गाडीहरुको प्रदर्शनी मात्र नभएर व्यवसाय विस्तार पनि रहेको नाडाका अध्यक्ष चौधरी बताउँछन् । साथै एकवर्षभरिमा बिक्री हुनेमध्ये ४० प्रतिशत सवारी नाडा अटो शोमा नै बिक्री हुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?